पर्सा । प्रहरीले पर्साको पटेर्वासुगौलीमा ७ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती फाँडेको छ ।
गाउँपालिकाको वडा नम्बर २ र ४ मा लगाइएको गाँजा खेती प्रहरीले शुक्रबार फाडेँको हो ।
बेलवा र भतोरामा अवैध रुपले लगाइएको गाँजा नष्ट पारिएको पटेर्वासुगौलीका इन्स्पेक्टर प्रकाश थापाले बताए ।
प्रहरीले केहि समय अघिदेखि अवैध रुपले लगाइएका गाँजा खेतीहरुलाई फाडेँर नष्ट पार्दै आएको छ ।