काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा लगिएको छ । उनलाई प्रहरी परिसर काठमाण्डौँको हिरासतमा राखिने भएको हो ।
उनलाई हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको हो । अदालतको ढोकाबाट सलाम गर्दै रवि बाहिर निस्किएका छन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।