वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले ५१ किलोग्राम लागु औषध गाँजासहित चार जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा गरिएको अप्रेसनमा प्रहरीको टोलीले बीरगन्ज महानगरपालिकाको वडा नम्बर– २० हरपतगञ्जबाट पक्राउ गरेको हो ।
सडक नजिकैको खेतमा राखिएको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार प्रहरीले गाँजा तस्करी भइरहेको सूचना आएको थियो, त्यही पच्छ्याउँदै जाँदा उक्त गाँजा बरामद भएको हो ।
पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाई नगरपालिका–१ बिश्रामपुरका पारस यादव, मैनादिन मियाँ, बहुदरमाई–७ तिनटोलियाका अकवर मियाँ र बहुदरमाई–७ छपकैयाका शिव महतो रहेका छन् ।
गाँजासहित पक्राउ परेका चारै जनासंग थप अनुसन्धान चलिरहेकोले नाम गोप्य राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ । बरामद गाँजासहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।