ट्रेन्डिङ

सुनसहित एक जना पक्राउ

काठमाण्डौँ । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नम्बर १२ घर भएका २५ वर्षीय संजय तामाङ छन् । भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनको ढिक्का एक थान र औठी एक थानसहित उनी पक्राउ परेका हुन् ।

एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै