ट्रेन्डिङ

६ वटा सुन गोहोरोसहित दुइ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिकाबाट दुर्लभ जनावर सुन गोहोरोसहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा नम्बर १३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ निवासी ५८ वर्षका बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका प्रहरीले जनाएको छ ।

भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै