काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ।
यात्रुवाहक सवारीमा ३।३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०।८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०।०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।