ट्रेन्डिङ

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो ।

बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने प्रदेशबाट रिपोर्टिङ भएको थियो ।

प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, स्रोत खुलाउनु पर्ने उल्लेख गरिएको छ ।

यस्तै प्रदेशको रिपोर्टिङ गर्नेहरुले स्थानीय तहको उपनिर्वाचन सन्तोषजक भए पनि धेरै उत्साहित हुनुपर्ने नरहेको बताएका थिए ।

 

उनीहरुले केन्द्रीय नेतृत्व गाउँ तहसम्म पुग्नु मागसमेत गरेका थिए ।

आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै