वीरगन्ज । वीरगन्ज महानगरपालिकामा आज एक किशोरीले आत्महत्या गरेकी छन् ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१६ नगवामा आज एक किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
नगवास्थित सुशिलादेबीको घरमा डेरा गरी बस्दै आएकी प्रमोद साहको १४ वर्षीय लक्ष्मीकुमारी साहले आत्महत्या गरेकी पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार किशोरी आज विहान आफ्नै कोठामा रहेको पंखामा सेतो सलको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेका थिइन् । प्रहरीका अनुसार मृतक किशोरी अविवाहित रहेको खुलिएको छ ।
मृतक साहको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको ।
पोष्टमार्टम रिपोर्ट नआइसकेकोले के कारणले आत्महत्या गरेकी हुन ? त्यो विषय खुल्न नसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
तर त्यसको बाबजुद पनि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता लम्सालले बताए ।