ट्रेन्डिङ

आज राती १२ बजेदेखि स्ववियु निर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

वीरगन्ज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि चैत ५ गते मतदान सकिँदासम्म रहनेछ ।

यो अवधिमा निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि कार्य गर्न पाइँदैन ।

स्ववियु निर्वाचन २०८१ निर्देशिकाको बुँदा नम्बर ११ प्रभावित हुने खालका कुनै पनि किसिमका गतिविधि मौन अवधिभर गर्न पाइने छैन ।

यो समयमा प्रचार–प्रसार, आमसभा, न्याली वा प्रचारात्मक गतिविधि गर्न पाइनेछैन । निर्वाचन आचारसंहिताको पालना नगरेको खण्डमा त्यस्ता व्यक्तिलाई कानुनी कारबाही गरिने निर्वाचन समितिहरूले जनाएका छन् ।

मौन अवधिमा के–के गर्न नपाइने ?

१. चुनावी प्रचार(प्रसार गर्न नपाइने पोस्टर ब्यानर, पर्चा पम्पलेट वितरण वा सार्वजनिक स्थानमा टाँस गर्न।

२. सोसल मिडियामा प्रचार गर्न नपाइने फेसबुक, ट्विटर, टिकटक, युट्युब लगायतका प्लेटफर्ममा उम्मेदवारको पक्षमा वा विपक्षमा पोस्ट वा विज्ञापन गर्न ।

३. सभा, जुलुस वा न्याली गर्न नपाइने कुनै पनि उम्मेदवार वा पार्टीको समर्थनमा भेला वा जुलुस गर्न ।

४. मिडिया वा डिजिटल माध्यमबाट प्रचार गर्न नपाइने टेलिभिजन, रेडियो, पत्रपत्रिका वा अनलाइन समाचारमार्फत चुनावी विज्ञापन तथा प्रचार सामाग्री सम्प्रेषण गर्न ।

५. मतदान केन्द्र नजिक प्रचार गर्न नपाइने मतदान केन्द्र आसपास पार्टीको लोगो झन्डा वा कुनै पनि प्रचार सामग्री प्रदर्शन गर्न ।

६. मतदाता प्रभावित गर्ने कुनै गतिविधि गर्न नपाइने (पैसाको लोभ, उपहार, भोज–भतेर) वा अन्य कुनै लालच दिने काम ।

७. मतदान स्थलमा मोबाइल वा क्यामेरा लैजान नपाइने गोपनीयता कायम राख्न मतदाताले मतदान गर्दा मोबाइल फोन वा क्यामेरा लगायतका कुनै पनि किसिमका चुनावलाई प्रभावित पार्ने कुनै पनि गतिविधि।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै