सिरहा । ११ केभी भोल्टेजको करेन्ट लागेर सिरहामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढीमाई नगरपालिका वडा नम्बर १३ ढुंगाना टोल बस्ने २७ वर्षका हेम खड्का छन् ।
खड्काको घर अगाडिको ११ केभी भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार खड्काको घर अगाडि तार चुँडिएको थियो । उक्त घटनामा परेका खड्का चिच्याउँदै लडे पनि तत्काल उद्धार हुन सकेन ।
नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयसम्म लाइन नकटाएका कारण उनलाई बचाउन नसकिएको स्थानीय विनोद मण्डलले बताए ।
नेपाल विद्युत् प्राधिकरण लहान शाखाले ११ केभी भोल्टेज प्रसारण लाइनमा कमसल तार प्रयोग गरेको स्थानीयको आरोप छ ।
शव पोस्टमार्टमका लागि लहान स्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
मृतक हेम खड्का ट्याङ्कर चालक थिए ।