ट्रेन्डिङ

एम्बुलेन्सको ठक्करबाट सर्लाहीमा पैदलयात्रीको मृत्यु

सर्लाही । सर्लाहीमा एम्बुलेन्सको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा दुइ जना घाइते भएका छन् ।

जिल्लाको मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो ।

बिहीबार राति गम्हरियाबाट मलंगवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिएको थियो । ठक्करबाट सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको हो ।

दुर्घटनामा वडा नम्बर ४ का जितु राय र भारत सितामढीका राकेश गुप्ता घाइते भएका छन् । घाइते उनीहरुलाई थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनायो ।

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै