वीरगन्ज । महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका एकजना अधिकारी बालिकालाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन ।
रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र महतो पक्राउ परेको महोत्तरी प्रहरी प्रमुख नकुल पोखरेलले बताए ।
उनका अनुसार मर्निङवाकमा जाँदा सशस्त्र प्रहरीका ती अधिकारीले अश्लिल शब्द बोलेका थिए, यही घटनालाइ लिएर दिउसो ती बालिका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए ।
पछि विवाद उग्ररुप लिदै गएपछि स्थानीयले नाराबाजी गर्दै कारबाहीको मागसहित बेस क्यामप घेराउ गरेको उनी बताउछन ।
स्थानीयली कारबाहीको माग गरेपछि आरोपित ती प्रहरी अधिकारी महतोलाइ अहिले जिल्ला सशस्त्र प्रहरी कार्यालय आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ ।
लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक महतोमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ ।
स्थानीयहरूले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै केहीबेर सशस्त्र प्रहरी पोस्ट घेराउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।