ट्रेन्डिङ

मधेसको राजधानी जनकपुरमा बस दुर्घटना, २० जना घाइते, ६ वटा एम्बुलेन्समा लगियो अस्पताल

जनकपुर । मधेसको राजधानी धनुषा जनकपुरमा बस दुर्घटना हुँदा करिब दर्जनको हाराहारीमा यात्रु घाइते भएका छन् ।

जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन् ।

जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेर दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएको जनकपुर प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

घाइतेहरुलाई स्थानीय ६ वटा एम्बुलेन्समा उपचारका लागि अस्पतालहरुमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै