बारा । बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एकजना महिलालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचमा प्रहरीले जितपुर सिमराबाट एकजना महिलालाई १३ किलो लागु औषध गाँजासहित पक्राउ गरेको हो ।
अस्थाइ प्रहरी पोष्ट रामबनबाट खटिएको प्रहरी टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१ निवासी शुशिला गोलेलाई पक्राउ गरेको हो ।
हेटौडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुबाहक माईक्रोलाई रोकेर जाँच गर्दा उक्त गाडीबाट १३ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
पक्राउ परेकी गोलेलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।