वीरगन्ज । प्रेस चौतारी नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
रौतहटमा चौतारीको दोस्रो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले लालबाबु शेखको नेतृत्वमा २९ सदस्यीय मधेस प्रदेश कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षद्वयमा गौतम श्रेष्ठ, भवानी सुवेदी चुनिएकी छन् ।
यसैगरी महासचिवमा दिवाकर भण्डारीलाई चयन गरिएको छ भने कोषाध्यक्षमा जितेन्द्र शाह चयन भएका छन् ।
अधिवेशनले सचिवमा ६ जनालाई चयन गरेको छ । सचिवमा चयन हुनेहरुमा ग्यासु मिया देवान, जिवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा छन् ।
यसैगरी अधिवेशनले सदस्यहरुमा पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह,शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आशिक अंसारी, सुरेश प्रसाद आचाय, संगिता शिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतोलाई चयन गरेको छ ।