ट्रेन्डिङ

केआईआईटी कलेजमा प्रदर्शन गर्ने विद्यार्थीलाई कुट्ने दुइजना सुरक्षागार्ड पक्राउ

वीरगन्ज । केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे अनुसन्धानको माग गर्दै आएको प्रदर्शनमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई सुरक्षागार्ड पक्राउ परेका छन् ।

भारतको ओडिसास्थित केआईआईटी कलेजको मृत्यु प्रकरणमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई सुरक्षागार्ड पक्राउ गरिएको बताइन्छ ।

भुवनेश्वर प्रहरीले सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बोहोरालाई नियन्त्रणमा लिइएको जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन ।

लम्सालको मृत्युपछि यो मामिलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । यहीक्रममा सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गराएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै