ट्रेन्डिङ

राष्ट्रिय युवा संघ नेपाल पर्सामा सर्वसम्मत नेतृत्व चयन, बन्यो–सुबास साहको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति

वीरगन्ज । एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्सामा नयाँ नेतृत्व चयन भएको छ ।

युवा संघको प्रतिनिधिहरुको भेलाले पदाधिकारी तथा सदस्यहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । वीरगन्जमा सम्पन्न ८ औं जिल्ला अधिवेशनले सुबास साहको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा दीपक पटेल, सचिवमा राकेश महतो, कोषाध्यक्षमा मुकेश यादव र उपसचिवमा मोहन वर्णवाल तथा साहिद अन्सारीलाई चयन गरेको जनाइएको छ ।

यही ४ गते वीरगन्जमा ८ औं जिल्ला अधिवेशनको उद्घाटन शत्र सम्पन्न भएको थियो । सहमतिको माध्यमबाट नेतृत्व चयन गर्नुपर्ने भएकोले ढिला गरी सर्वसहमतिले नयाँ नेतृत्वको चयन भएको राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव महम्मद निजामले बताए ।

उनका अनुसार पार्टीभित्रको गुट÷उपगुटको असरबाट टाडा राख्नका लागि सबैसंग समन्वय गरेर सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपाल पर्सामा ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । सबै सर्वसम्मत हिसाबले नै कार्यसमितिको चयन गरिएको राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव निजाम बताउँछन् ।

भेलाको उद्घाटन शत्रमा पूर्वमन्त्री महेश बस्नेतसहितका एमाले नेताहरुको सहभागीता थियो ।

 

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै