सर्लाही । सर्लाही जिल्ला अदालतमा रामबहादुर बमजनविरुद्ध मुद्दा दायर भएको छ ।
लिटिल बुद्धका नामले चिनिने बमजनविरुद्ध सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार
सर्लाही जिल्ला अदालतमा बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले बताए ।
जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका अनुसार सोमबार नै यो मुद्दा दर्ता पनि गरिएको छ । बमजनविरुद्ध अर्को बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।
काठमाडौँस्थित उनको घरमा खानतलासी गर्दा नगद रकम बरामद भएको थियो । सोही बरामद रकमको आधारमा विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रिया अगाडि बढाएको हो ।