ट्रेन्डिङ

१२ लाख ४० हजारभन्दा बढी किशोरीले लगाए एचपीभी खोप

काठमाण्डौँ । देशभरका १२ लाखभन्दा बढी किशोरीले एचपीभी खोप लगाएका छन् । देशभरका १२ लाख ४० हजार ७७ जना किशोरले एचपीभी खोप लगाएका जनाइएको छ ।

माघ २२ देखि फागुन ६ गतेसम्म हिमाली ४ जिल्ला बाहेकमा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्ध एचपीभी खोप अभियान अन्तर्गत ती किशोरीले खोप लगाएका हुन् ।

लक्ष्यको ७३ प्रतिशत किशोरीलाई खोप प्रदान गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउन मन्त्रालयको आग्रह छ ।

साथै, सरकारले आगामी वर्षदेखि एचपीभी खोपलाई कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजानेको हकमा १० वर्ष उमेरका किशोरीहरूका लागि नियमित खोप कार्यक्रममा समावेश गरेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै