ट्रेन्डिङ

पर्साबाट पटके हुन्डी कारोबारी पक्राउ, ‘नेक्सस’ बारे अनुसन्धान हुँदै

वीरगन्ज । पर्सा प्रहरीले पटके हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयले आज विहान पटके हुन्डी कारोबारीलाई पक्राउ गरेको जनाएको छ ।

भारतबाट गिरोह बनाइ हुन्डीको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्ने अभियान सुरु गरेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

उनका अनुसार सोही क्रममा बारम्बार हुन्डी रकमसहित पक्राउ परिसकेका एक कारोबारीलाई आज फेरि पक्राउ गरिएको हो । पक्राउ परेका कारोबारीको साथबाट अहिलेसम्म ५/६ लाख रुपैयाँ मात्रै फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका कारोबारीको ‘नेक्सस’ बारे अनुसन्धान भइरहेकोले थप विवरण गोप्य राखिएको पर्सा प्रहरीले जनाएको छ ।

पटके हुन्डी कारोबारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान चलिरहेको प्रहरी स्रोतको भनाइ छ ।

अनुसन्धान सकिएपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै