ट्रेन्डिङ

जय ट्रफीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने मयन यादव

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल जारी छ ।

जनकपुरमा भइरहेको बागमती र मधेशबीचको खेलमा मधेशका मयन यादवले शतक प्रहार गरेका छन् । उनी जय ट्रफीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

मयनले १०२ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे । मयनले प्रधानमन्त्री कपमा पनि सुदूरपश्चिमविरूद्ध शतक प्रहार गरेका थिए ।

मधेश प्रदेशले ३४ ओभरमा ५ विकेटको क्षतिमा १७६ रन बनाएर खेलिरहेको छ भने उसलाई १२८ रनको अग्रता छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै