काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र निकाल्न सुरु गरेको छ । विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र निकाल्न सुरु गरेको हो ।
अंग्रेजी भाषामा मात्रै प्रश्नपत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै त्रिविले दुवै भाषामा प्रश्नपत्र बनाउने निर्णय गरेको थियो । सोही आधारमा पहिलो पटक दुवै भाषामा प्रश्नपत्र बनाउन थालिएको हो ।
अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।