ट्रेन्डिङ

‘कमजोर भिजिबिलिटी’ ले सिमराबाट हुने उडान प्रभावित

वीरगन्ज । कमजोर ‘भिजिबिलिटी’ का कारण सिमरा विमानस्थलबाट हुने उडान प्रभावित बनेको छ । सिमरामा आज निर्धारित उडान ‘डिले’ भइरहेका छन् ।

सिमरास्थित बुद्ध एयरका अनुसार आज विमानस्थल बन्द छ । भने कमजोर भिजिबिलिटीले बिहानको उडान स्थगित भएका छन् ।

प्रतिकुल मौसमका कारण बाक्लो हुस्सु तथा कुहिरोले ढाक्दा विमानस्थलबाट हुने उडानहरु अस्तव्यस्त बनेको सिमरा विमानस्थल कार्यालयले जनाएको छ ।

एक कर्मचारीका अनुसार ‘विमान उडान र अवतरणका लागि कम्तिमा २ हजार ५ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ, तर अहिले भिजिबिलिटी बल्ल एक हजार ५०० पुगेको छ, मौसम खुल्दैछ । बिहानको उडान दिउँसोको लागि सरेका छन् । मौसम राम्रो भयो भने मात्र उडान हुनेछ ।’

तराई र पहाडी भेगमा बाक्लो सुस्सुका कारण उडान प्रभावित हुने गरेका छन् । तापक्रम घट्दै जाँदा भिजिबिलिटी कमजोर हुने भएकाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै