ट्रेन्डिङ

आजपाले पुष २७ गते वीरगन्जमा ‘खबरदारी सभा’ गर्ने, प्रभु साहको विशेष सम्बोधन

वीरगन्ज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्ने भएको छ । आजपा पर्सा जिल्ला कमिटीले आज वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।

आजपाले भ्रष्टाचारको विरुद्धमा वीरगन्जमा प्रदर्शनका साथै खबरदारी सभा गर्ने जनाइएको छ । साथै वीरगन्जलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ ।

आजपा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पुष २७ गते वीरगन्जलाइ आर्थिक राजधानी घोषणा गराउन तथा भ्रष्टाचार विरुद्ध जागरण गराउने हेतुले खबरदारी सभा गर्न लागेको बताए । उनका अनुसार खबरदारी सभालाई पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले विशेष सम्बोधन गर्ने कार्यतालिका छ ।

सङ्घीय संरचना आउनुभन्दा अघि वीरगन्जलाई राजधानी बनाउने भनिए पनि वीरगन्जसँग धोका भएको, प्रदेशको राजधानी यहाँ बनाउन भनिए पनि षडयन्त्र गरिएको पार्टीका नेताहरुको भनाई छ ।

आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धराशायी बनाउँदै गरिरहेको आरोप लगाए । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै