ट्रेन्डिङ

परीक्षा बिग्रिएपछि महोत्तरीमा ३ जनाद्रारा ‘विष’ सेवन

एकजनाको मृत्यु

महोत्तरी । महोत्तरीमा ३ जना छात्राहरुले एकैसाथ विष सेवन गरेको छन् । जिल्लाको बर्दिबास नगरपालिकास्थित माइस्थान जंगलमा  ३ जना छात्राहरुले विष सेवन गरी अचेत अवस्थामा फेला परेको हुन् ।

उनीहरुमध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय रिंकु शर्मा छिन् ।

यस्तै महोत्तरीको मनरासिसुवा-२ घर भएकी १७ वर्षीय उषा पण्डित र सिराहा धनगढी–११ घर भएकी १९ वर्षीय सञ्जु यादवको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरू बर्दिबास स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका जियोमेट्रिक इन्जिनियरिङको विद्यार्थी हुन् ।

परीक्षा बिग्रेको भनेर उनीहरूले जङ्गलमा गएर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विष सेवन गरी शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचाररत दुई जनाको अवस्था सुधार हुदैछ ।

पुस १५ मा छुट्टीको दिन उनीहरूले विष सेवन गरेका हुन् । जङ्गलमा अचेत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै