ट्रेन्डिङ

एक हजार ८१ सहिद परिवारको स्वास्थ्य बिमा गर्ने मधेस सरकारको निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र सशस्त्र द्वन्द्वमा सहिद भएका परिवारका लागि स्वास्थ्य बिमा गर्ने भएको छ ।

मधेश आन्दोलन र सशस्त्र द्वन्द्वमा सहिद भएका एक हजार ८१ परिवारलाई स्वास्थ्य बिमा गर्न मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य बिमा बोर्डबीच सहमति सम्झौता भएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेशसचिव उद्धवप्रसाद रिजालका अनुसार स्वास्थ्य बिमाका लागि आवश्यक सहिद परिवारका विवरण संकलन गर्न स्वास्थ्य बिमा बोर्डका कर्मचारी फिल्डमा खटिइसकेका छन्  । विवरण प्रशोधन गरेर नामावली तयार भएपछि सरकारले स्वास्थ्य बिमा प्रयोजनका लागि बोर्डलाई प्रतिपरिवार तीन हजार पाँच सयका दरले रकम पठाउने प्रदेशसचिव रिजालले बताए ।

वार्षिक तीन हजार पाँच सय रुपैयाँ दिएपछि एक परिवारका पाँचजना सदस्यसम्म स्वास्थ्य बिमित हुने गर्छन् । प्रदेश सरकारले मधेश आन्दोलन र सशस्त्र द्वन्द्वका सहिद परिवारको स्वास्थ्य बिमाका लागि ४० लाख रुपैयाँ चालू आर्थिक वर्षमा विनियोजन गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै