वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १० आर्दशनगरस्थित प्रदिप खण्डेलवाल मेमोरियल ट्रष्टको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ट्रष्टको सातौँ वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा चार महिलासहित १०४ जनाले रगतदान गरेका छन् । रक्तदान गर्नेहरुमा प्रिती पटेल, खुस्बु गुप्ता, रश्मी श्रेष्ठ, संजय दास थारु, बडेलाल चौधरी, अजय कुमार चौधरी, बिजय चौधरी, देवनारायण चौधरी, अमर कुमार गुप्ता, स्वागतम् चौधरी, रन्जय कुमार गुप्ता, राजिव सिंह लगायतका छन् ।
उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा नेपाल औषधि ब्यवसायी संघका ताजुदिन अन्सारी, बिश्वराज गौतम, मुकेश, प्रमोद सर्राफ लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता, रक्तसंचार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डे, राजन श्रीवास्तव, लिलाधर साह, समिर लगाएतले प्राबिधिक सहयोग गरेका थिए ।