एजेन्सी
नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज निधन भएको छ ।
बिहीबार अबेर राति उनको निधन भएको हो । ९२ वर्षको उमेरमा सिंहको निधन भएको जनाएको छ ।
अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो ।
एम्स अस्पतालले सिंहको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।
पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो ।