वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्साले वीरगन्ज महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । महासंघ पर्साले विभिन्न ३ बुँदे मागसहित महानगरलाइ ज्ञापनपत्र बुझाएको हो ।
महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेल नेतृत्वको टोलीले ३ बुँदे मागसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णलाई आज ज्ञापन बुझाएका हुन् ।
उनीहरुले लोककल्याणकारी विज्ञापनको भुक्तानी, साप्ताहिक पत्रपत्रिकासमेतलाई लोककल्याणकारी विज्ञापन समावेश गराउनुपर्ने तथा ज्येष्ठ पत्रकारहरुका लागि महागनगरले छुट्टयाएको बजेट कार्यान्वयन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
ज्ञापन बुझाउने टोलीमा महासंघ पर्साकी उपाध्यक्ष पौडेलसहित सचिव बिजय चौहान तथा सदस्यहरु अजित भुजेल र राहुल गुप्ताको सहभागिता थियो ।