महोत्तरीमा लुटेरा समूहबाट ज्येष्ठ नागरिकको हत्या

महोत्तरी । महोत्तरीमा गएराति लुटेरा समूहले एक ज्येष्ठ नागरिकको हत्या गरेको छ ।

चार जनाको समूहमा आएको लुटेरा समूहले ज्येष्ठ नागरिक ७२ वर्षीय सुशील झाको हत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।
मधेस प्रदेश प्रहरीका मृतक झा मनरा शिसवा नगरपालिका–४ साढा निवासी हुन । प्रहरीका अनुसार भाइको घरमा चोरी गर्न आएको लुटेरा समूहले दाइ झाको घरमा पनि प्रवेश गरेको थिए ।

प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले भने, ‘त्यसपछि मृतक झाले लुटेरा समूहमध्ये एकजनालाई तिमी पनि आयौँ भनेर सोधेका थिए ? यही प्रश्न गर्दा आफ्नो पर्दाफास हुने डरले उक्त समूहले झाको हत्या गरेको देखिन्छ ।’

नजिकै रहेको भाइको घरमा लुटपाट गरेपछि उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गरिएका झा पूर्व गाविस सचिवसमेत रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अहिले घट्नास्थलमा प्रहरी पुगेको र अनुसन्धान भइरहेको मधेस प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै