विप्लवले खुलायो आम्दानीको स्रोत, केन्द्रीय कार्यालयमा १२ लाख मात्र

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)को कपिलवस्तुको शिवगढीमा आयोजित केन्द्रीय समितिको बैठकमा सबै नेताहरु पार्टीले चलाएको गार्मेन्टमा सिलाइएका एकनासको युनिफर्मसहित देखापरे । यसले धेरैको ध्यान खिच्यो । नेताहरुका अनुसार ती कपडा शिवगढीमै पार्टी केन्द्रीय कार्यालयले सन्चालन गरेको ‘सी गार्मेन्ट’मा सिलाइएका हुन् । गार्मेन्टले अरु विभिन्न कपडाहरु सिलाउने र बेच्ने गरेर आम्दानी गर्दै आएको छ ।

नेताहरुका अनुसार युद्धकालीन जनकम्युनको अवधारणामा विभिन्न जिल्लामा खेतिपाती, पशुपालन र लघु उद्योग सन्चालन हुँदै आएको छ । त्यसबाट हुने आम्दानीको खर्च कटाएर बाँकी भएको नाफा पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने नियम छ ।

यसैबीच केन्द्रीय कमिटी बैठकमा नेकपाको महासचिव विप्लवले पार्टीले उत्पादन क्षेत्रको प्रगति तथा आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका छन् । र, पार्टी केन्द्रीय कार्यालयमा कसले कति रकम बुझायो र कति मौज्दात छ भनेर पनि उनले रकम खुलाएका छन् ।

सबैभन्दा पहिले नेकपाले कहाँ(कहाँ के(के गरेर कमाएको छ भन्ने कुराको चर्चा गरौं ।

महासचिव विप्लवका अनुसार १२० विघामा धान र पहाडमा सिमी, कोदो, फलफूल उत्पादन गरिएको छ । यसबाट दुई हजार क्विन्टल धान लगायत खाद्यान्न, दलहन र फलफूल उत्पादन भएको जानकारी विप्लवले दिए । उनले आफ्नो पार्टीको उत्पादन कार्य नेपालको कम्युनिष्ट आन्दोलनको सन्दर्भमा नयाँ भइरहेको बताएका छन् ।

यस्ता प्रयत्नहरु विगतमा केही भए पनि ती आन्दोलनका रुपमा उठ्न र टिक्न नसकेको प्रसंग जोड्दै विप्लवले आफ्नो पार्टीले भने सफलता हासिल गरिरहेको निष्कर्ष प्रस्तुत गरेका छन् ।

‘असारदेखि यता वर्षे बाली उत्पादन गत वर्षभन्दा माथि पुगेको’ जानकारी दिँदै विप्लवले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘हाम्रो उत्पादन अभियान भने अनेकौं समस्याहरुसँग जुझ्दै सफल परिणामसहित अगाडि बढिरहेको छ । यसले पार्टीको ओज, गरिमा र सारतत्वलाई नयाँ उचाइमा उठाइदिएको छ ।’

 

उत्पादन अभियानमा व्यवसायी, बुद्धिजीवी, कर्मचारी र पार्टी प्रतिनिधिहरुको सकारात्मक सहयोग रहेको उनले जानकारी गराएका छन् ।

नेकपाले हालै मोरङ र कपिलवस्तुमा गाईपालन सुरु गरेको छ । ‘तिनको प्रभाव निकै राम्रो रहेको छ । कपिलवस्तु गाई फारमले २ लाख पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ,’ विप्लवको प्रतिवेदनमा लेखिएको छ । यसैगरी कम्युन गौशालाबाट २ लाख १५ हजार प्राप्त भएको उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नेकपाले काठमाडौं उपत्यका क्षेत्रमा हार्पिक र फिनेल उद्योग समेत चलाएको छ । त्यो प्रभावकारी ढंगले चलेको भन्दै विप्लवले उक्त उद्योगवाट ९० हजार रुपैयाँ केन्द्रीय कार्यलयमा प्राप्त भएको जानकारी गराएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै