बीरगन्ज । बीरगन्जमा सामूहिक ईहि बेलबिवाह कार्यक्रम सम्पन्न भएको छ । माईस्थान मन्दिर अगाडीको पार्कमा कार्यक्रम सम्पन्न भएको हो ।
माईस्थान ईहि समितिको आयोजनामा सामूहिक ईहि बेवबिवाह कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा २५ जना नेवारी समुदायकी छोरीहरुको सामूहिक बेलविवाह गरियो ।
समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा महासचीव सुनिल जोशी, सचीव सुन्दर श्रेष्ठ, कोषाध्यक्ष आन्नतलाल जोशी, समाजसेवी श्रवणबहादुर रायमाझी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै महासचीव जोशीले स्थपना समयगेखि नै समितिले सामूहिक बेलविवाह कार्यक्रम आयोजना गर्दै आएको बताए । उनका अनुसार यस्ता कार्यक्रमलाइ आगामी दिनमा समेत निरन्तरता दिइनेछ । आजको कार्यक्रम ४० औॅं भएको उनको भनाइ छ ।
महासचीव सुनिल जोशीका अनुसार सामुहिक बेलबिवाहका लागि प्रत्येक सॅंग ३ हजार ५०० रुपैंया लिने गरिएको छ । यध्यपी गरिब, असहायहरुका लागि यसमा कुनै शुल्क नलिने गरिएको उनको जिकिर छ । सामूहिक बेलबिवाहमा काठमाण्डौंबाट पूजारी बोलाउने गरिन्छ ।
नेवार कुलमा जन्मेकी छोरीले पहिलो विवाह महिनावारी अघि बेल लाई भगवान विष्णुको प्रतीक मानेर बिवाह गरिन्छ। सूर्य पूजा र दर्शन मात्रै हुने र कन्यादान नगर्ने भएकाले सूर्यदर्शन विवाह होइन भन्ने धारणा छ ।
रजस्वला हुनुअघि नै यो बेल बिबाह गरिन्छ। नेवार समाजमा यसको बढी महत्त्व छ। यो नेवार बाहेक अन्य समुदायले मान्दैनन् ।