ट्रेन्डिङ

उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे गढीमाई मेलाको अवलोकन तथा निरीक्षण, भने : गढीमाई मेलाले विश्वसामु नेपाललाइ चिनाएको छ

बारा । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन । मंगलबार दिउसो १२ बजे शहरी बिकास मन्त्री सिंह बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरिक्षण गरेका हुन ।

प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ०१ गते देखि सुरु भएको छ भने मुल पूजा सोमबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरे संगै सुरु भएको छ ।

विश्व प्रसिद्ध गढीमाई मेला दर्शन तथा अवलोकन गर्न पुगेका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहले गढीमाई मेलाले बिश्वमै नेपालको एउटा ठूलो पहिचान बनाएको बताए । उनले भने´गढीमाई दर्शन गर्न आउँदा मनोकामना र आफुले मागेको कुरा पूरा हुन भएकोले आफुले दर्शन गर्न पाउँदा निकै खुशी महसुस गरेको छु ।

विश्व प्रसिद्ध गढीमाई मेला बिश्वमै पशु बलिको लागि प्रख्यात मेला हो यहाँ नेपाल,भारत लगाएत विभिन्न देश बाट दर्शनार्थीहरु दर्शन गर्न आउने गरेको छ ।यस बर्षको गढीमाई मेलामा मंसिर २३ र २४ गते पशु बलि दिइने कार्यक्रम तय भएको छ ।

अहिले विश्व प्रसिद्ध गढीमाई मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लाग्न सुरु भएको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ ।

गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्न आएका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहलाई गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मेलाको ब्यवस्थापन र आवश्यक समाग्री बारे मन्त्रीलाई जानकारी गराए ।नगरप्रमुख यादवले भने´गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरुले आएर अवलोकन तथा निरीक्षण गर्नु हामी बारा बासिको लागि गर्वको कुरा रहेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै