ट्रेन्डिङ

शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगार फाँटमा ‘प्लान इन्टरनेशनल’ ले मधेस सरकारसँग सहकार्य गर्ने

जनकपुरधाम । प्लान इन्टरनेसनलले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य र रोजगार सिर्जनाको क्षेत्रमा बहुआयामिक काम गर्ने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विषयगत र कार्यगत प्राथमिकता तय गरेर अन्तर्राष्ट्रिय दात्री तथा गैरसरकारी संस्थालाई प्रदेशमा सक्रिय हुन आह्वान गरेका बेला प्रदेशमा शिक्षाको गुणस्तर बढाउन शिक्षक तालिम तथा शिक्षण सामग्रीको उपलब्धता, वैदेशिक रोजगारमा जानेहरूलाई दक्षतावृद्धि र स्वास्थ्य सेवा प्रवाहमा प्रभावकारिता बढाउन प्लान इन्टरनेसनलले प्रदेशका सबै पालिकामा काम गर्ने जनाएको छ ।

मुख्यमन्त्री सिँहसँगको सोमबार भएको भेटमा प्लान इन्टरनेसनलका नेपाल निर्देशक रामकिशनले फरक फरक विषयमा केही पालिका र सबै पालिकामा संस्थाले प्रदेश सरकारसँग समन्वय तथा साझेदारी गरेर काम गर्ने जानकारी दिए ।

मुख्यमन्त्री सिँहले मधेश प्रदेशमा साक्षरता दरमा रहेको कमी र बालबालिका विद्यालयबाहिर रहेको अवस्था चुनौतीपूर्ण रहेको बताउँदै यस्ता जटिलता समाधान गर्न अन्तर्राष्ट्रिय दात्री तथा गैरसरकारी संस्थाहरूले प्रदेश सरकारका योजना कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए ।

मुख्यमन्त्री सिँहले मधेश प्रदेशमा प्लान इन्टरनेसनलले बालबालिकाको क्षेत्रमा गरेको सकारात्मक प्रयास तथा योगदानको सराहना गरे ।

उनले दक्ष र पर्याप्त शिक्षकको अभाव पूर्ति, अत्यावश्यक भौतिक तथा शैक्षणिक पूर्वाधार तयारी र विद्यालयमा जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा पूर्णकालीन पठनपाठन हुने वतावरण बनाउने प्रदेश सरकारको सङ्कल्प पुरा गर्न सम्बद्ध सबैलाई एक्यबद्ध हुन आग्रह गरे । प्रदेशमा साक्षरता दरमा रहेको कमीलाई निश्चित समय अवधिभित्र निमिट्यान्न पार्न सघ तथा तीव्र ढंगले काम गर्नुपर्ने औँल्याउँदै उनले त्यस कार्यमा दात्री तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले शिक्षण सामग्री उपलब्ध गराउनेदेखि स्वयंसेवक प्रशिक्षक परिचालन लगायतका काम गर्नसक्ने प्रस्ट्याए ।

मुख्यमन्त्री सिँहले स्वास्थ्य क्षेत्रको बिग्रँदो स्थितिका कारण मधेश प्रदेश मानव विकास सूचकांकमा समेत कमजोर रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा रूपान्तरणमा अन्तर्राष्ट्रिय दात्री तथा गैरसरकारी संस्थाबाट पुराना कार्यक्रमको निरन्तरतासँगै थप महत्त्वपूर्ण एवम् उपयोगी कार्यक्रम कार्यान्वयनको अपेक्षा गरे । उनले वैदेशिक रोजगारमा जाने जनशक्ति अदक्ष हुँदा देशबाहिर विभिन्न किसिमका कठिनाइ भोग्नुपरेको र रेमिट्यान्स समेत कम आउने स्थिति हुँदा सुरक्षित तथा सम्मानजनक रोजगारप्राप्तिका लागि विदेश जाने श्रमिकहरूलाई सीपइलम दिएर दक्ष बनाउनुपर्ने बताए । ‘यसका लागि समेत हामी प्लान इन्टरनेसनलसहित अन्तर्राष्ट्रिय दात्री तथा गैरसरकारी संस्थाबाट सहकार्यको अपेक्षा गरेका छौँ,’ मुख्यमन्त्री सिँहले भने ।

प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानीकुमारी तिवारीले गुणस्तरी शिक्षा तथा बालबालिकाको विद्यालयमा पहुँच सुनिश्चित गर्ने आवश्यकतामा जोड दिँदै विद्यार्थी अनुपातमा शिक्षकको कमी प्रदेशको सबैभन्दा ठूलो समस्या रहेको स्पस्ट पारे । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा।सोहन साहले शिक्षामा सबैको पहुँच र गुणस्तर कायम गर्न नीतिगत रूपमा स्रोत व्यवस्थापन जटिल विषय बनेको बताए ।

 

उनले दात्री निकायको सहयोग परिणामुखी तरिकाले प्रदेशको प्रदेशको दोस्रो आवधिक योजनाको लक्ष्य, सरकारको वार्षिक योजनामा सहयोगी हुनुपर्ने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै