ट्रेन्डिङ

एनपिएल : जनकपुरको दोस्रो जित, कर्णाली ८ विकेटले पराजित

बीरगन्ज । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको खेलमा जनकपुर बोल्र्टसले जितेको छ । उसले कर्णाली याक्सलाई ८ विकेटले हराउँदै जित निकालेको हो ।

कर्णालीको लक्ष्य जनकपुर बोल्र्टसले १५ ओभर १ बलमा दुइ बिकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान अनिल साहले अर्धशतकीय इनिङ खेले ।

उनले ४२ बलमा ६२ रन जोड्दै नटआउट रहे । यसैगरी आसिफ शेखल २९ बलमा ३६ रन जोडे । यस्तै लाहिरू मिलन्थाले १३ बलमा २४ रन जोडे । जिमी निशम ८ बलमा १६ रनको योग दिएर अविजित रहे ।

बलिङमा कर्णालीका मौसम ढकाल र जिशन मक्सुदले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे । सोमपाल १३ बलमा २९ रनमा अविजित रहे । अर्जुनले २२ बलमा ३३ रन बनाए ।

पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९ औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।

कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतीय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिश्रमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए । जनकपुरको यो दोस्रो जित हो । यसअघि शनिबार भएको पहिलो खेलना जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो ।

यसअघि आजै बिहान भएको खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै