ट्रेन्डिङ

धनुषाधाम– १ मा नेकपा माओवादी केन्द्रका सुनिल कापर निर्वाचित

जनकपुरधाम । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिकामा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट विजयी भएका छन् ।

करिब तीन दशक कांग्रेसको वर्चस्वलाई तोड्दै धनुषाधाम नगरपालिका– १ मा माओवादीका उम्मेदवार सुनिल कापर ६८४ मतले विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक कुमार मण्डलले ६०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै जसपा नेपालका अजयकुमार यादवले ४९९ मत र नेकपा एमालेका प्रमोद यादवले ४६५ मत प्राप्त गरेका छन् ।

धनुषाधाम नगरपालिका– १ मा सुनिल कापरलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको थियो ।

धनुषाधाम– १ मा २२५८ मतदान भएको थियो । यस वडा कांग्रेसबाट वडाअध्यक्षमा विश्वनाथ यादवले निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै