बीरगन्ज । स्वर्गीय पत्रकार नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कारबाट मनोज पटेल सम्मानित भएका छन् । रेडियो बीरगन्ज परिसरमा आयोजित एक कार्यक्रमबिच स्व. नरेश सर्राफ स्मुति पत्रकारिता पुरस्कारबाट पटेल सम्मानित भएका हुन् ।
आइतबार वीरगन्जमा आयोजित स्वर्गीय पत्रकार नरेश सर्राफको दोश्रो स्मृति सभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्यसमेत रहेका पत्रकार पटेललाई उक्त पुरस्कारले सम्मान गरिएको हो ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उनलाई नगद २१ हजार रुपैँयासहित दोसल्ला ओढाएर सम्मान गरे ।
समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा स्व.पत्रकार नरेश सर्राफको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।