ट्रेन्डिङ

मधेस प्रदेश सरकारका गृहमन्त्रीलाई भूमिगत समूहको धम्की

धनुषा । मधेसका सरकारका गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीलाई भारतीय भुमिमा बसि नेपालको तराई क्षेत्रमा भूमिगत राजनीति गर्दै आईरहेको समूहले धम्की दिएको छ । मन्त्री लेखीलाई तराई जनतान्त्रिक मुक्ति मोर्चा नामको भूमिगत समूहबाट तह लगाइदिने धम्की आएको हो ।

मन्त्री लेखीको ह्वाट्स एपमा फोन गरि मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएको कुरा लेखीले शुक्रबार मन्त्रालयको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेका हुन् ।

भुमिगत समुहका नेताले करिब एक महिना देखि नै फोन गरि आर्थिक सहयोग माग गर्दै आईरहेकोमा गृहमन्त्री लेखीले आर्थिक सहयोग दिन अस्वीकार गरेपछि आफूलाई जेसुकै गरिदिने धम्की दिएको मन्त्री लेखीले बताए।

ह्वाट्स एपमा तीनपटक फोन गरेर आर्थिक सहयोग माग्नुभयो। मैले आर्थिक सहयोग दिन सक्दिनँ भने। मन्त्री हुनुहुन्छ जसरी पनि आर्थिक सहयोग चाहिन्छ, नभए तह लगाउँछौं भन्दै धम्क्याउनुभयो,ु पत्रकार सम्मेलनमा मन्त्री लेखीले भने।

उक्त समूहले तराईमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको उनको भनाइ छ। सप्तरी निवासी लेखी र यादव कुनै समय एमालेबाट सँगै राजनीति गर्थे। यादव सप्तरीको एमाले अध्यक्ष रहँदा लेखी काठमाडौं–सप्तरी जनसम्पर्क मञ्चका नेता थिए।

त्यसबेला उनीहरूबीच घनिष्टता पनि रहेको बताइन्छ। तर, आपराधिक गतिविधिमा लागेपछि उनीहरूबीच सम्पर्क विच्छेद भएको लेखीले बताए। ुसरकारमा छौं, आर्थिक सहयोग गर्नुपर्‍यो भन्दैमा राज्यको पैसा दिने कुरा त हुँदैन, मन्त्री लेखीले भने।

यस विषयमा मधेस प्रदेशको सुरक्षा समन्वय बैठकमा समेत छलफल गरेको लेखीले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै