ट्रेन्डिङ

संगठित अपराधमा संलग्न १० जना महोत्तरीबाट पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले विभिन्न संगठित अपराधमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

संगठित रुपमा डकैती र लुटपाट गर्ने हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

भारतीय नागरिकले महोत्तरीको गौशालामा डेरामा लिएर पेसेवर रुपमा डकैती तथा लुटपाट गर्ने समूहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एकजना महिलासहित ६ जना रहेका छन् ।

फरक फरक स्थानमा एउटै समूहले लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको महोत्तरीका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताए ।

भारत बिहार सितामाढी शिवनगर फुलहटा घर भई महोत्तरीको गौशालामा डेरा लिएर बस्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोद कुमार साह, सन्जु देवी साह लाई पक्राउ गरिएको छ । उनीहरु श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ ।

लुटपाटमा संलग्न सितामाढी जानकीनगरका ५२ वर्षीय रन्धिर साह, सितामाढी विष्णुपुर बस्ने सुधिर भण्डारी, महोत्तरी गौशाला–९ बिसहरपुरका २८ वर्षीय ललन साह, गौशाला–६ फुलकाहाका २६ वर्षीय राकेश कुमार यादवलाई पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक जैसवारले बताए । पक्राउ परेका आरोपितहरुसँगै लुटपाट गर्ने ४ जना भारतमा पक्राउ परेको जैसवारले बताए ।

लुटेरा समूहले महोत्तरीको औरही, गौशालाको निगौल, बटौवा, इमली बजार, रजखोरमा हातहतियार देखाएर लुटपाट गरेका थिए । लुटपाटमा संलग्न ६ जनलाई पक्राउ गरी प्रहरीले हातहतियार तथा खरखजनाना, चोरी/डाका (लुटपाट) र संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जैसवारले बताए । प्रहरीले लुटेराहरुबाट विभिन्न स्थानबाट लुटपाट भएको मोबाइल, गहना लगायतका समानहरू समेत बरामद गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै