रौतहट । एकै रातमा छुट्टैछुुट्टै दुइ पसलमा मोबाइल चोर्ने दुई रौतहटबाट पक्राउ परेका छन् । जिल्लाको गौरमा दुई पसलको ताल्चा फुटाएर मोबाइल चोर्ने दुई जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्थानीय राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहमापुरीका १९ वर्षका शिवजी मण्डल र सोही ठाउँका १८ वर्षीय नीरज मण्डल रहेका छन् ।
उनीहरूमाथि बिहीबार चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान भइरहेको रौतहटका डिएसपी दीपक कुमार रायले बताए । उनका अनुसार गत बुधबार राति दुइजनाले गौरस्थित चौधरी मार्केटभित्र नेशनल मोबाइल पसलको ताल्चा फुटाएर १५ थान मोबाइल चोरेका थिए ।
लगत्तै राति डेढ बजे गौर स्थित बरहवा पुल नजिक गौर इन्टर प्राईजेज मोबाइल पसलको ताल्चा फुटाएर ४ वटा मोबाइल चोरी भएको थियो ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोली र स्थानीयले दुबैजना लाई चोरी गर्दा रंगेहात पक्राउ गरेको प्रहरीको भनाइ छ ।
यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।