बीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल समाजवादी महिला संघकी बीरगन्ज महानगर अध्यक्ष रेनु सरार्फ जनमत पार्टीमा प्रवेश गरेकी छन् । बिहिबार उनी जसपा नेपाल त्याग्दै जनमत पार्टीमा प्रवेश गरेकी हुन् ।
जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले उनलाई एक कार्यक्रमबिच पार्टी प्रवेश गराएका छन् । अध्यक्ष सरार्फले खाँदा लगाएर नेतृ रेनुलाई जनमत पार्टीमा स्वागत गरे ।
नेतृ रेनुले मधेस आन्दोलनका क्रममा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का युवा राजु गुप्तासमेत जनमत पार्टी प्रवेश गरेका छन् ।
सो अवसरमा जनमत पार्टी केन्द्रिय सदस्य विद्यालाल प्रसाद, नेतृ रम्भा मिश्रा, महिला जनमत संघकी जिल्ला अध्यक्ष अन्जना गुप्ता, केदार पटेल, किसुन देव यादव, युवा नेता राजुराज गिरी, रेखा सरार्फ लगायतका उपस्थिती रहेको थियो ।