ट्रेन्डिङ

प्रधानमन्त्री ओलीले आज साँझ बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणलगायतका विषयमा छलफल हुने प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

यही मङ्सिर १७ गते प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने तयारीमा छन् । उनको भ्रमण तालिका अनुसार १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि

छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । सोही क्रममा दुई देशबिच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत हुने जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै