बीरगन्ज । बारामा पाँच महिना अगाडि हत्या भएका हरिभूषण कुशवाहाका घटनामा संलग्न रहेको मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
गोली प्रहार गरी हत्या गरिएका बारा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहाको घटनामा संलग्न मुख्य अभियुक्त प्रहरीले बुधबार अबेर राती पक्राउ गरेको छ ।
प्रहरीको विशेष टोलीले कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई पक्राउ गरेको छ ।
करिब पाँच महिनादेखि परिचालित प्रहरीको स्पेसल टोलीले मुख्य अभियुक्त कुशवाहालाइ बिराटनगरबाट पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
उनका अनुसार कुशवाहा त्यहाँ खेतीपाती सुरु गरेको बारे हामी सूचना आयो । त्यसपछि प्रविधिकिो सहयोगमा पछ्याउँदै उनलाई बुधबार पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका कुशवाहालाई बिहीबार विहान ९ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बारा प्रहरीले तयारी गरेको छ ।
गएको ३२ जेठमा घरबाट फर्किने क्रममा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो ।
घाइते कुशवाहाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । गोली लागेपछि घाइते भएका क्याम्पस प्रमुख कुशवाहा त्यही बेला मृत्युकालीन घोषण जारी गरेका थिए ।
जहाँ उनले भनेका थिए, ‘गाउँकै सुरेन्द्र कुशवाहाले आफूमाथि गोली प्रहार गरेको छ, व्यक्तिगत रिसइबीका कारण गोली प्रहार ग¥यो ।’