ट्रेन्डिङ

१७० किलोग्राम लागु औषध गाँजासहित बाराबाट दुइ जना पक्राउ

बीरगन्ज । एक सय ७० किलोग्रा लागु औषध गाँजासहित बाराबाट दुइ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा कोल्हवी नगरपालिका वडा नम्बर ५ सोनाभारबाट गाँजासहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय रमोद चौधरी र उनकी श्रीमती मनमती देवी चौधरी रहेका प्रहरीले जनाएको छ । दिनदयाल चौधरीको घरमा लागु औषध गाँजा लुकाइछिपाई राखिएको गोप्य सूचना प्रहरीलाई आएको थियो ।

सोही सूचनाको आधारमा उनको घरमा खाजतलासी गर्दा रातो रंगको ग्पलाष्टिकले बेरेर राखेको अवस्थामा गाँजा फेला परेको हो ।

प्रहरीले २१ पोकाबाट एक सय ७० किलोग्राम लागु औषध गाँजा बरामद गरेको डिएसपी प्रकाश सापकोटाले बताए ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै