रौतहट । रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ जंगलसहियास्थित तीन दिनको मेला सुरु भएको छ । जंगलसहियास्थितको पशुपति मन्दिरमा बुधबारदेखि तीन दिनको मेला सुरु भएको हो ।
बाला चतुर्दशीको अवसरमा पशुपति मन्दिरमा मेला आयोजना गरिएको सुरु मन्दिर सञ्चालक समितिले जनाएको छ ।
जंगलासहियामा लामो समयदेखि हरेक वर्ष लाग्दै आइरहेको बाला चतुर्दशी मेला कोरोनाको समयदेखि प्रभावित भएको थियो ।
सो अवसरान जंगलसहिया पशुपति मन्दिरमा लाखबत्ती बाल्न आउन भक्ताजनहरुलाई मेला आयोजकले आग्रह समेत गरेको छ ।
भक्तजन तथा मेला भर्न आउनेहरूको मनोरञ्जनको लागि पशुपति मन्दिर परिसरमा सरसफाइ पश्चात् स्टेज निर्माण गरी सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ ।
यसैगरी मेलामा आउनेहरूको लागि खानेपानी, शौचालय, विद्युत् तथा सुरक्षाको समेत व्यवस्थापन गरिएको बताइएको छ ।