ट्रेन्डिङ

प्रधानमन्त्री ओलीले किन गरे बीरगन्जको नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दिनलाई सम्मान ?

बीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले बीरगन्जको नेशनल मेडिकल कलेजलाई सम्मानित गरेका छन् ।

नेशनल मेडिकलले मधेस प्रदेशबाटै सबैभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको भन्दै प्रधामन्त्री ओलीले उक्त कलेजलाई सम्मानित गरेका हुन् ।

मंगलबार राजधानीको कमलादीस्थित प्रज्ञा भवन परिसरमा आयोजित सातौँ सामाजिक सुरक्षा दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पताललाई सम्मान गरेका हुन् ।

नेशनल मेडिकलका अध्यक्ष प्रा. डा जैनुद्दिन अन्सारीलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको हो ।

प्रशंसा पत्रमा भनिएको छ, ‘सातौँ सामाजिक सुरक्षा दिवस, २०८१ को अवसरमा कोषमा सूचिकृत भई आ.व २०८०÷०८१ मा योगदानकर्ताहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गर्ने सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमध्ये मधेस प्रदेशबाट सबैभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था बन्न सफल हुनुुभएकोमा श्री नेशनल मेडिकल कलेज प्रा.लि बीरगन्ज पर्सालाई यो प्रशंसा पत्र प्रदान गरिएको छ ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै