ट्रेन्डिङ

कक्षाकोठामा मोबाइल, फोन तथा कुर्सीको प्रयोग नगर्नुहोस् : जगरनाथपुर गाउँपालिका

बीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले कक्षाकोठामा मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिएको छ । गाँउपालिकाले एक सूचना जारी गर्दै यस्तो निर्देन दिएको हो ।

पालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा कक्षा सञ्चालनको अवधिभर मोबाइल फोन प्रयोग गर्न रोक लगाईएको प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए । साथै अध्यापन अवधिभर कुर्सीमा बस्न समेत रोक लगाइएको छ ।

यधपी अपांग शिक्षक/शिक्षिकाको हकमा भने कुर्सीको प्रयोग छुट गरिएको उनको भनाई छ ।

उनका अनुसार मंसिर १० बसेको प्रधानाध्पकहरुको बैठकले यो नियम लागू गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै