ट्रेन्डिङ

सिरहामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिरहा । सिरहामा ट्याक्टरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बलुवा टोलमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट स्थानीय ४५ वर्षका बलु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान उनलाई ट्याक्टरले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै