बीरगन्ज । बीरगन्ज पब्लिक कलेजमा (बिपिसी) ‘हास्ँछ, रुन्छ र बुझ्छ’ प्रेरक सत्र सम्पन्न भएको छ । एलाइड युथ सोसाइटीको आयोजनामा बिपिसीको नयाँ भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
श्री माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ६० जना विद्यार्थीहरुको सहभागिता थियो ।
मधेस विश्व विद्यालयका उपकुलपति डा। दीपक शाक्यको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मानव सेवा आश्रम मधेस प्रदेश संयोजक देवेश गुप्ताले प्रशिक्षण दिएका थिए ।
माईस्थान विद्यापीठ माविकी शिक्षिका बसन्ती क्षेत्री, शिक्षक सोनालाल, युवा अभियान्ता एवम् संचारकर्मी अभिलाष गुप्ता, कार्यक्रम संयोजक अर्चना यादव लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।