ट्रेन्डिङ

पर्साबाट भन्सार छलीका सामान लोड रहेको आशंकामा ट्रक नियन्त्रणमा

बीरगन्ज । पर्सा प्रहरीले भन्सार छलीका सामान लोड रहेको आंशकामा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले बीरगन्ज महानगरपालिका–८ घण्टाघर चोकबाट सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ६८ लाख ९१ हजार ४४९ मूल्य बराबरका सामानसहितको ट्रक बरामद गरेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । उनका अनुसार प्रहरीले ना ४ ख २१६० नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गरेको थियो ।

सोही क्रममा ट्रकबाट बिल बिजक भन्दा बढीका औषधी तथा खुद्रा सामान बरामद भएको हो ।

बरामद सामानसहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनायो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै